बिजेपीले गर्यो अर्नब गोस्वामी पक्राउको बिरोध

काठमाडाैं : भारतीय टिभी च्यानल रिपब्लिकका अर्नब गोस्वामी मंगलबार मुम्बईमा पक्राउ परेका छन् । दुई वर्ष अगाडि भएको आत्महत्या सम्बन्धी मुद्दाको छानबिन गर्ने क्रममा उनलाई पक्राउ गरिएको बताइएको छ ।
गोस्वामीको पक्राउसँगै, भारतीय जनता पार्टीसँग सम्बद्द केन्द्रीय मन्त्रीहरुले प्रेस स्वतन्त्रताको हनन भएको भन्दै बिरोध गरेका छन् । सूचना तथा प्रशारणमन्त्री प्रकाश जाभेडकरले टुइट गर्दै गोस्वामीको गिरफ्तारीले सकंटकालको याद दिलाएको बताएका छन् ।
यता गोस्वामीले मुम्बई पुलिसले आफूलाई पक्राउ गर्ने क्रममा हातपात गरेको आरोप लगाएका छन् । 'मुम्बई पुलिसले मेरो सासु आमा, ससुरा बुवा, श्रीमती र छोरामाथि हातपात गरेको छ ।' उनले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।
रिपब्लीक टिभीका एडिटर इन चिफ रहेका गोस्वामीलाई आत्महत्या दुरत्साहन सम्बन्धीको मुद्दामा पक्राउ गरिएको हो । गोस्वामीलाई सन् २०१८ मा अन्वय नाइक र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोप छ । नाइकले आत्महत्या गर्नु अगाडी एक नोट लेख्दै गोस्वामीले आफुलाई काम गरेको तलब नदिएको आरोप लगाएका थिए ।
गत मेमा, महाराष्ट्रका गृह मन्त्री अनिल देसमुखले नाइकको आत्हत्या सम्बन्धी मुद्दामा पुन अनुसन्धान गर्ने घोषण गरेका थिए । पुन अनुसन्धान गरीपाउ भनेर नाइककी छोरी अडन्या नाइकले उजुरी दायर गेकी थिइन । उनले आफ्नो उजुरीमा यसअघि प्रहरीले उचित छानबिन नगरेको आरोप लगाएकी थिइन । उनले उजुरीमा रिपब्लीक टिभीले आफ्नो पितालाई काम गरेको पैसा नदिएको जसले गर्दा पिता र हजुरआमाले निराश भएर आत्महत्या गरेको दाबी गरेकी छिन् ।
यता बिजेपीले सामाजिक सञ्जालको ब्यापक प्रयोग री गोस्वामीको पक्राउको बिरोध गरेको छ । सत्तारुढ बिजेपीका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा महाराष्ट्र सरकारको गोस्वामीलाई पक्राउ गर्ने निर्णयलाई फासिवादसँग तुलना गरेको छ ।
भारतीय केन्द्रीय क्याबिनेटमा विदेश मन्त्री रहेका एस जयशंकरले गोस्वामीको पक्राउले सकंटकालको झझल्को दिएको बताए । उनले टुईट गर्दै भनेका छन, 'स्वतन्त्रतामा विश्वास राख्ने समस्त भारतीयले गोस्वामी पक्राउको बिरोध गनुपर्छ ।'
भारतको एडिर्टस गिल्डले पनि गोस्वामी पक्राउले आफुहरु चकित भएको प्रतिक्रया दिएको छ । गिल्डले बिज्ञप्ती जारी गर्दै भनेको छ, 'गोस्वामीलाई अचानक पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ । हामी महाराष्ट्र सरकारलाई गोस्वामी माथी उचित तरिकाको ब्यबहार गर्न माग गर्छौ ।'
(एजेन्सीहरुको सहयोगमा)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया