सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

'विप्लवले संसदीय राजनीतिमा पौडी खेल्न सक्छन्'

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीचको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ 


नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ज्यू । सचिवालय सदस्य, उपप्रधानमन्त्री, गृहमन्त्री ज्यू , माननिय ज्यू , सुवास नेम्वाङ वार्ता टोलीका नेता, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड । धर्मेन्द्र वास्तोला (भर्खरै छुटेर आउनु भयो ।) यति थोरै जेल बस्‍न पाए पो । आफू त १४ वर्ष । नेता माननीय सांसद, कामनपाका मेयर, सबैका साथीहरु । यहाँ उपस्थितहरु । ठूलो सफलतामा खुशी साट्न तयार भएकाहरु । यो ऐतिहासिक कार्यक्रम प्रत्यक्ष प्रशारण गरिएको छ । 

एउटा नयाँ आन्दोलन नयाँ एकिकरण नयाँ सपना बोकेर अगाडि बढिरहेका पाँच जनालाई जेल सार्ने नाममा जंगलमा लगेर हत्या गरिएको थियो । सुखानी जंगलमा । पाँच जनालाई हत्या गरिएको थियो । नेपालको इतिहासमा अत्यन्त क्रुर सत्ताको दमन चक्र आफ्नो नियन्त्रणमा लिएर गिरफ्तार गरेको स्थानमा पाँच जानालाई हत्या गरिएको पहिलो घटना हो । जेल सार्ने नाममा भएको हो । त्यो घटना सम्झँदा र त्यस अपराधपूर्ण घटनामा मारिनुभएका अमर सहिदहरुमा हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । न्याय प्रेमी परिवर्तन प्रेमी जनताको तर्फबाट । सानो कुरा भन्नुपर्छ । २०२९ साल फागुन २१ गतेको घटना थियो । केही साथीलाई गिरफ्तार गरेको थियो । चन्द्र डाँगी मारिनु भएको थियो । केही दिन अघि विधिवत सहित घोषणा गरिएको छ । २१ फागुन २०२९ को केही पछि रामप्रसाद प्रधानलाई घेरेर घोचिघोचि हत्या गरेको थियो । उहाँलाई पनि सहिद सम्मान दिएको छ । ज्ञात अज्ञात सहितलाई यो विषेश अवसरमा श्रद्धासुमन ।

नेकपाका महासचिव विप्लवलाई स्वागत बधाई र शुभकामना भन्‍न चाहन्छु । सहासिक कदम चाल्नु भएको छ । यसका निम्ति उहाँलाई राज्य र दलको तर्फबाट हार्दिक धन्यवाद भन्‍नचाहन्छु । नेपाली जनताले नेपाली समाज र राष्ट्रले शान्ति खोजेको छ । नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, स्वधिनताको रक्षा र सहित प्रयोग, राष्ट्रिय अखण्डता, हितहरुको रक्षा, लोकतन्त्रको प्रातिरक्षा र सुद्रिढिकरणको प्रयोग र अधिकार सम्म पुग्‍ने अवसरहरुको प्राति र नेपाली जनताले चाहेको महतपूर्ण कुरा शान्ति पूर्ण ढंगले बाच्‍न पाउने जिउधनको रक्षा प्राप्त गर्ने चाहना र समाजको चाहना र नेपाली जनताको चाहना छ । सुशासन होस ।

भ्रष्टचारको अन्त्य होस, नेपाली जनताको चाहना पनि त्यही हो । सबैले देखेको सपना सबैको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली । यसका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ । लोकतान्त्रिक प्रणाली चाहिनछ । जनताले हक अधिकार प्राप्त गरेर गतिशिल ढंगले अघि बढाउने वातारण चाहिन्छ । त्यसको सन्दर्भमा आज एउटा ऐतिहासिक काम भएको छ । अन्तिम किस्तामा आज नेपाल शान्तिको चरणमा प्रवेश गरेको छ । हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन । शान्ति पूर्ण देश हो र यहाँ शान्ति छ । नेपालमा द्वन्द्व छैन । हिंसात्कम द्वन्द्व छैन । शान्तिको प्यारामिटर युएनको आंकडामा धेरै मुलुक भन्दा निकै अगाडि छ । अन्यकैयन मुलुक भन्दा धेरै अगाडि बढेको थियो। त्यो तथ्यांक आएको थियो । अब भरे मुल्यांकन गर्दा अब झन कतिमाथि उठ्ला । अब झन माथि पुग्‍नेछ । 
 
यही कदमबाट नेपाली जनताको मन जित्नु भएको छ । उहाँ फेल हुनु भएन । सफलता पूर्वक आउनु भएको छ । सेफ ल्याण्डीङ भएका छ । कुनै फोर्स वा क्रयास ल्याण्डीङ होइन । रातारात भनेर पढेको थिएँ । वर्षौ देखि वार्ताचलिरहेको थियो । वार्ता गर्दा नगरा बजाएर गरेनौँ। वार्ता गम्भिरताको साथ गरेका थियौँ । यो विश्वासको थालनी भएको थियो। भेटेर गम्भीर कुरा गरेका थियौँ । भेटेर कुरा गरेका थियौँ सायद त्यसै समय देखि वार्ता देखि मजबुद हुँदै थियो । आज यस स्थानमा पुगेको छ । वार्ताको व्यहोरा सुन्‍नु भयो । छोटो छ । तीन बुँदा छ । काफी छ । त्यो बुँदा । 

कुनै समस्या आइपरे छलफल र वार्ताबाटै टुंग्याउँछौँ । एउटा निश्कर्ष । उहाँहरुले शान्तिपूर्ण बाटोबाट आफ्नो कार्य पुरा गर्नुहुनेछ । आफ्नो पार्टी छ । शान्तिपूर्ण ढंगले गर्छ । शान्तिपुर्ण ढंगले गर्ने भएपछि उहाँका नेता कार्यकर्ताले प्रक्रिया पुरा गरेर मिलाएर छोड्नेछौँ । मुद्दामामिल छ भने अन्त्य हुनेछ । धर्मेन्द्रजी भर्खर छुटर आउनु भएको छ । छुटसक्नु भयो सहभागी हुनुभयो। यसले नेपाललाई एउटा नयाँ युगमा प्रवेश गराएको छ । हामी हरेक कुरा युग परिवर्तनकारी ढंगले काम गरेका छौँ। गतवर्ष सिके राउतलाई ल्यायौँ ।

शान्तिपुर्ण राष्ट्रिय राजनीतिको मुलधारमा आज मूलत विप्लव जीहरु आइसक्नु भएको छ । अब भाषाहरु मिलाउन पनि समय लाग्छ । जानेरै पनि अंग्रेजी बोले भने अंग्रेजले जस्ता तिम्रो बाउ मेरो बाउ माछामार्न गाए । मैले पनि अंग्रेजीमा गाए पनि त्यस्तै हुन्छ । त्यसैभएर अभिव्यक्तिका तरिका र भाषाका शैलीहरु एकिकृत हुन समय लाग्छ । यहाँहरुले सेती र त्रिसुली मिलेको देख्नु भउको छ । सेती पट्टिको सेतो तर अलि पर पुगेपछि एउटै हुन्छ । हामी एउटै उद्देश्यमा छौँ। हामी स्वतन्त्र अस्तित्व सहित को सुख पूर्ण भएको नेपाली जनता भएको । सर्वे भवन्तु सुखी ना....... 

मानव जातीको परम इच्छा भनेको शान्तिपूर्ण भ्रम रहित सय समाज नै हो । सुरक्षीत र अधिकार प्राप्त समाज चाहन्छ मानिसले त्यही प्राप्त गर्नुपर्छ । आज ति सपनाहरु पुरा गर्ने माध्यमबाटो र तरिकाहरु अनुभवबाट एक स्थानमा पुगेका छौँ । प्रयासमा जुटेका छौँ । दुनियाका इतिहास धेरै छन । राष्ट्रिय मुक्ति आन्दोलन, जनताले हतियार उठाएका दृष्टान्त, शान्तिपूर्ण ढंगले गरिएको परिवर्तनका आन्दोलन छन् । सुखी समाजको स्थानको निम्ति । गाथाहरु छन् । मानवव समाज गुज्रिएका छन । सखप्राप्ति विभिन्‍न अनुभवहरु छन् । यतिबेला कसैलाई कम देखाउने। अग्लो होचो देखाउने समय होइन ।

हामी एकतावद्ध भएर अघि बढाउने समय हो । हाम्रा पूर्वज देखिका योगदानलाई कदर गर्दै अघि बढ्ने समय हो । आज जुन घटना घटेको छ । जुन शान्तिको यात्रामा नयाँ युगमा प्रवेश गरेको छ । कम्युनिष्ट आन्दोलनमा उतार चढावको रुपमा इतिहासलाई ५० वर्ष अघि मैले पनि गरेको थिए । उहाँले जस्तै गरेको थियो । मेरो पार्टीले विधिवत रुपमा एउटा निर्णयबाट त्यतीबेला सभा गर्ने अवस्था थिएन । शान्तिपूर्ण राजनीतिको बाटो अंगिकार गरेका थियो । हामीले ३० सालमा छोडेका थियौँ । त्यसमा एडजस्ट हुन सात वर्ष अरु लाग्यो । त्यो रुपान्तरण एकबाट अर्कोमा जान सजिलो छैन ।आजको उपलब्धीले विश्वकै कम्युनिष्ट आन्दोलनलाई कसरी शान्तिपूर्ण ढंगले समाज परिवर्तन गर्न सक्न नेतृत्व गर्न सक्छ । सार्थक नेतृत्व गर्न सक्छ । झालझेल र दमनलाई पराजित गर्न सक्छ । ति सबैलाई कसरी झेल्न सक्छ र हामी असम्मान मनसायका साथ हामी अघि बढ्दा कसरी नजिक जानसक्छौँ त्यसमा दृष्टान्त छ ।  

केही मानिसहरु वर्वाद नै पार्न खोज्छन भने त्यो उनीहरुको कुरा हो । संसदीय दलको बैठक गर्दैछन भन्ने सुनेको छु। दलको नेता म यहाँ छु । उहाँहरु लाग्नु भएको छ मरिमेटेर । अचम्म लाग्छ पनि लाग्दैन । उहाँहरु त्यस्तै हो । यतिसारो नग्नताको पनि यो हक । फोडेर छोड्ने । आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने । किस्तीमा प्रधानमन्त्री  खाइदिनुस्  भनेर जाने । हामी बनाउँछौँ  आफ्नै । आफ्नो दुई तिहाईको झार्ने । हामी छौँ भन्ने । पछाडी लाग्ने । नेतृत्व गर्न छोड्ने । माक्सवादको ठूला गफ गरेको सुन्छु । भ्रम  छ। हमीले कसैलाई प्रधानमन्त्री भनेका छौँ । त्यो भनेका पनि होइन । 

लोकतन्त्र अस्तिरतातर्फ को कुरा हो । स्थिरताको तर्फबाट हामी परिणामहरु भोग्दै जानुपर्ला । हाम्रो पार्टी पनि छ । सरकार ढाल्ने बहुदै गम्भिर र उधुमको प्रयास भएको छ । ७३ सालमा पनि ढालेका थियो । जस्केलाबाट झ्यालबाट होइन हामी मुलसडक र मुलु ढोकाबाट छिरेर आउने छौ भनेका थियो। हामी हाइवेबाट आएका हौँ । सिंहदरबारको मुल ढोकाबाट आएका हौँ । महाधिवेशनमा लडेर आउने हो । पार्टीप्यालेसबाट आउने होइन । निर्वाचनको माध्यमबाट चुनिएर आउने हो । जालझेलबाट आउने होइन । केही मानिसले अहिलेको सरकार विलकुल सफल सरकार हो । संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविसितबाट विकासशिल मुलुकमा पुग्नेछौँ ।

त्यसअगावै ति लक्ष्य प्राप्त गर्ने छौँ । ठूला परिवर्तनका आयोजनाहरु अघि बढ्ने छ । एक लाख ८५ हजार सिंचाइ गर्ने आयोजना । विद्युत आयोजनाको शिलान्यास गर्ने छौ । पाच वर्ष भित्र सिंचाई । एकै दिन एक सय ९ अस्पतालको शिलान्यास । एक सय ३२ घर, ३७ घर वितरण भएको छ । १६ गते ३१ पुलशिलान्यास गरेको छु । पाच वटा पुल शिलान्यास । एक हप्ता भित्र त्यसमा शिलान्यास गरेका छौँ । एउटा विवादको काम गरेका छौ ।केही विकास विरोधी कार्य काम अघिबढेको देखिएको छ । आज रुपन्देहीमा केही विकास विरोधीहरु अघि बढेका छन् । हाम्रो राष्ट्र निर्माणको अभियान हरेकक्षेत्रमा अघिबढेको छ भन्ने स्पष्ट पार्नेछ । 

नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । नेपाल कम्युनिष्टपार्टीलाई धन्यवाद भन्‍न चाहन्छु ।  यो संसदीय राजनीतिमा पौडी खेल्न विप्लवलाई आउने छ । उहाँ मुलुक विकासको सारथीको रुपमा अघि बढनुहुने छ । यो खुशीको दिन, महान सफलताको दिन, कसैले नहारेको दिन, सार्थकबनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिन्छु ।