सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

हामीले पनि ४० वर्षअघि विप्लवकै जस्तो आन्दोलन गरेका थियौँ : केपी ओली

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले पनि ४० वर्ष अघि विप्लव नेतृत्वको नेकपाले जस्तै आन्दोलन गरेको बताएका छन् । विप्लव समूहसँग सहमतिमा हस्ताक्षर गर्दै ओलीले यस्तो बताएका हुन् । 

‘हामीले पनि उहाँहरू जस्तै आन्दोलन गरेका थियौँ । हामीले ४० वर्षअघि शान्तिपूर्ण बाटोलाई अंगालेका थियौँ,’ उनले भने, ‘त्यसबेला यस्तो आमसभा गर्ने माहोल थिएन । आजको उपलब्धीले विश्वकै कम्युनिष्ट आन्‍दोलनलाई शान्तिपूर्ण ढंगबाट अगाडी बढ्न सक्छ भन्‍ने दृष्टान्त बनेको छ ।’ 

उनले दुनियाँ आन्दोलनको थुप्रै प्रकारबाट गुज्रिसकेको पनि बताए । तर, ति आन्दोलनको निष्कर्ष सुखी प्राप्ति भएको बताए । ‘यतिबेला हामीले कसैलाई कम, होचो वा अग्लो देखाउने समय होइन । हामी एकताबद्ध भएर समृद्ध नेपाल बनाउने समय हो ।हामीले पूर्वजका योगदान कदर गर्दै अघि बढ्ने समय हो’ उनले भने ।