सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दाहाल संसदीय दलको नेता चयन, आफूसँग ११२ सांसद रहेको दाबी

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दाहाल-नेपाल समूहका सांसदहरूको भेला।

काठमाडौँ : नेकपा (दाहाल-नेपाल) समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।

साथै, दाहाल-नेपाल समूहले  आफूतिर ११२ सांसद रहेको दाबी गरेको छ । संसदीय दलको भेलाले यो दाबी गरेको हो । मानव अधिकार तथा कानुन समितिका सभापति कृष्णभक्त पोखरेलले नेकपा (दाहाल-नेपाल) समूहको भेलामा १ सय १२ सांसद रहेको बताए ।

भेलामा जम्मा भएको हस्ताक्षर लिएर यो समूह निर्वाचन आयोगसमेत पुगेको छ । भेला चलिरहेका बेला राष्ट्रिय सभा सदस्य रामनारायण विडारीका लगायतका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।