‘म प्रति उहाँ(विप्लव) को विश्वास त्यसै बेला जागेको थियो’
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई १० वर्ष पहिले नै विश्वास गरेको दाबी गरेका छन् ।
विप्लव समूह र सरकारबीच भएको सहमति पत्रमा हस्ताक्षर गरेपछि ओलीले भने, ‘रातारात भनेको पढ्या थिएँ । वर्षौंदेखि वार्ता चलेको थियो । नगरा बजाएर वार्ता गरेनौँ। वार्ता नै गर्यौँ । यस विश्वासको थालनी ८÷१० वर्ष भयो होला । हामीले घण्टौँ नै छलफल गरेका थियौँ । म प्रति उहाँको विश्वास त्यसै समयदेखि जागेको थियो सायद । तीवटा बुँदा काफी हो ।’
उनले १८ पुराणमा व्यासले दुईटा कुरा भने भन्दै भने, ‘परोपकार पुण्याय । छलफल र वार्ताबाटै टुंग्याउछौँ । शान्तिपूर्ण बाटोबाट टुंग्याउनेछौं भन्नुभएको छ ।’
उनले विप्लवका कार्यकर्तालाई छिटै छोडिने पनि बताए । छुट्ने सिलसिला भइसकेको उनको भनाइ छ । आज भएको हस्ताक्षर पछि देश नयाँ युगमा प्रवेश गरेको पनि ओलीको भनाइ छ ।
‘पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्यायौँ,’ उनले भने, ‘उहाँहरू पनि आइसक्नु भएको छ । भाषा मिलाउनुपर्ने हुन्छ । मैले अंग्रेजले जसरी अंग्रेजी बोल्न सक्दिन । अंग्रेजले नेपालीले जस्तै नेपाली बोल्न सक्दैन । भाषा मिलाउनुपर्ने छ ।’ ओलीले अंग्रेजको लबजमा नेपाली गित पनि गाए । भने, ‘एउटा अंग्रेजले गीत गाथ्यो, ‘तिम्रो बाउ मेरो बाउ माछा मार्न गयो’ गाउन त जान्यो नेपाली भाषा समात्न सकेन । त्यसैल भाषाहरू एकत्रित गर्न गाह्रो ।’

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रतिक्रिया