माओवादी द्वन्द्वका कथामा सुमेशका दुई लघु चलचित्र

काठमाडौं : आठ वर्ष प्रहरी सेवामा बिताएर अमेरिका गएका सीन सुमेश श्रेष्ठले लकडाउनको समयमा फर्किएर दुई लघु फिल्म बनाएका छन् । उनले आफू प्रहरी सेवामा रहँदा नै देखे–सुनेका घटनामा आधारित रहेर ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’ नामका दुई फिल्म बनाएका हुन् ।
बिहीबार नयाँ बानेश्वरस्थित आइप्लेक्स मलको वान सिनेमा हलमा श्रेष्ठले आफ्ना पुराना सहपाठी तथा पत्रकार, कलाकारहरू बीच दुवै लघु चलचित्रको प्रिमियर गरिएको थियो ।
चलचित्रको प्रिमियर अघि बोल्दै निर्देशक सीन सुमेश श्रेष्ठले द्वन्द्वकालको बेला दुवै पक्षले भोगेका कथा भन्न मन लागेकाले फिल्म बनाएको बताए । ‘आफू प्रहरी सेवामा रहँदाको अनुभव र सुनेका कुराहरू कथानक रुप दिने रहर गरेको हुँ,’ सुमेशले भने, ‘ यी कथाहरू धेरै पहिलेदेखि नै भन्न मन थियो तर जुरेको थिएन । लकडाउनका कारण नेपालमै बस्नु परेपछि भने यो रहर पूरा गरियो ।’
बीस वर्ष अघि नेपाल टेलिभिजनको चर्चित सिरियल ‘दुश्मन’मा छोटो–मीठो अभिनयसमेत गरेका सीन सुमेश श्रेष्ठले प्रहरीको जागिर छोडी पढाइको लागि अमेरिका गएपछि त्यतै बाट फिल्म मेकिङको कोर्षसमेत गरेको बताए । भविष्यमा नेपाली चलचित्र तथा अमेरिकाबाटै अंग्रेजी चलचित्रसमेत निर्माणको योजना समेत रहेको श्रेष्ठले बताए ।
दुवै चलचित्र निर्माणका लागि सुमेशलाई एभरेस्ट थापाले सघाएका हुन् । निर्माता थापाले दुवै लघु चलचित्रलाई विभिन्न राष्ट्रिय –अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पठाइने बताए । उपस्थित दर्शकहरूको राम्रो प्रतिक्रियाले अझ काम गर्ने हौसला मिलेको उनले बताए ।
दुवै चलचित्रको कथा ,पटकथा, संवाद तथा निर्देशन सीन सुमेश श्रेष्ठको रहेको छ भने निर्माण एभरेस्ट थापा र सीन सुमेश श्रेष्ठको रहेको छ । फिल्ममा शरद महतोको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, राजेन्द्र मोक्तानको कलर रहेको छ ।
'अ साइलेन्ट रिभेन्ज 'मा प्रविन खतिवडा , सारा जे अधिकारी ,रोय श्रेष्ठ , सबिर चुरौटे ,सुभाष खड्का ,प्रेम क्षेत्री राजेश बिस्वकर्मा ,सीन सुमेश श्रेष्ठ र बाल कलाकार संगम राई को अभिनय रहेको छ भने 'अ कोल्ड हार्ट'मा प्रविन खतिवडा , पशुपति राई, सोनाम सिङ्ग लामा ,सुभास खड्का अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ ।

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

प्रतिक्रिया