शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अर्थमन्त्रीमाथि ढुंगा प्रहार : प्रहरी र स्थानीयबीच झडप (फोटो/भिडियो)

बुटवल : रुपन्देहीको मोतिपुर बन्‍ने भनिएको औद्योगिक करिडोरको शिलान्यास गर्न गएका अर्थमन्त्री विष्णु पौडेल लक्षित ढुंगा प्रहार भएको छ । विवादित कार्यक्रम अघि बढाएको भन्दै गाडी लक्षित ढुंगा प्रहार भएको हो । अहिले स्थानीयले नाराबाजी गर्दै तनावको स्थिति भइरहेको छ । केही प्रहरीहरू घाइते भएका छन् ।

अर्थमन्त्री पौडेल बाेल्दाबाेल्दै ढुंगा प्रहार भएपछि कार्यक्रम नै बिथोलिएको छ ।

 

अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको थियो ।

स्थानीयले हिजो दिउँसो भत्काएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्‍च र शिलालेख स्तम्भ भत्काएका थिए ।