‘राजनीतिक आडमा मैथिली भाषालाई विभाजित गर्न खोजियो’

जनकपुरधाम : मैथीली साहित्यकारहरूले राजनीतिक आडमा मैथिली भाषालाई विभाजित गरिदै आएको आरोप लगाएका छन् । शुक्रवार जनकपुर साहित्य महोत्सवको तेश्रो दिनको पहिलो सत्रमा आयोजित 'मैथिली मिठास' शीर्षकमा साहित्यकारहरूबीच भएको बहसमा वक्ताहरूले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा मैथिली साहित्यकार परमेश्वर कापडीले भने, ‘देशकै सबैभन्दा पुरानो र आफ्नै लिपि र साहित्य भएको भाषा मैथिली हो , तर राजनीतिक आडमा यसलाई भोजपुरी, अवधी, बज्जिका र मगहीलगायतका नया-नयाँ नाम दिई विभाजित गरिदैछ ।’ उनले भाषालाई मात्र होइन क्षेत्रलाई समेत राजनीतिकर्मीहरू भोट बैंकको रूपमा प्रयोग गर्न मिथिलालाई मधेश, भोजपुरा र थारुवानलगायमा विभाजित गरेको आरोप लगाए ।
कार्यक्रममा साहित्यकार करुणाले झाले करीब ११ शताब्दीको इतिहास बोकेका मैथिली भाषालाई राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रूपमा राखेको बताइन् । मातृभाषाको राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रूपमा राखेका छन् । यसलाई पनि कार्यान्वयनमा ल्याउन नसकेको उनको भनाइ छ । ‘प्रदेश भित्रका हरेक मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने भनिएको छ,’ उनले भनिन्, ‘तर हालसम्म यो कुरा कागजमै सीमित छ ।’
कार्यक्रममा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले दक्षिण एशियामै सबैभन्दा बढी मिठास भएको मैथिली भाषा संरक्षण आभावमा विभाजन गर्न खोजिएको बताए । उनले भने, ‘दक्षिण एशियामा भाषाको जननी संस्कृतपछि मैथिली भाषाकै दोश्रो लिपी हो । तर आधुनिकतासंगै यसको विकास गर्न नसकिएको कारण विलिन हुने अवस्थामा पुगेको छ ।’ मैथिली भाषा लिपिको विकासका लागि प्रविधिसँग जोड्न कम्प्युटर फन्टको विस्तार गर्नुका साथै विद्यालयमा पठनपाठनको प्रयोगमा ल्याउनु पर्ने उनले बताए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया