सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सांसदको हस्ताक्षर बोकेर आयोग जाँदै दाहाल–नेपाल समूह

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूह आज पुनः निर्वाचन आयोग जाने भएको छ । १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर समूहका नेताहरू आयोग जान लागेका हुन् । 

दुई समूहमा विभाजित नेकपाका दुवै समूहले आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय दिएको छैन । दाहाल–नेपाल समूहले आफूहरूको बहुमत रहेको भन्दै आधिकारिकताको विषय टुंग्याउन आयोगलाई आग्रह गर्दै आएको छ ।