१६ वर्ष पछि अर्को ‘आँधी तूफान’

काठमाडौं : पहिलो ‘आँधी तूफान’ बनेको १६ वर्षपछि यसको दोस्रो भाग बन्ने भएको छ । निर्माण टिमले बिहीबार औपचारिक कार्यक्रम गर्दे दोस्रो भागको घोषणा गरेको हो । तर, पहिलो भागका लेखक तथा निर्माताबाहेक फिल्ममा कोही पनि दोहोरिने छैनन् ।
२०६१ सालमा बनेको फिल्मलाई मौनता श्रेष्ठले लेखेका थिए भने निर्माण पनि उनैले गरेका थिए । फिल्मको निर्देशन भने महेन्द्र बुढाथोकीले गरेका थिए । हलिउड फिल्म ‘चार्लिज एन्जल्स’बाट प्रभावित भनिएको फिल्ममा पूजना प्रधान, रञ्जु लामिछाने र ऋचा घिमिरेको अभिनय थियो ।
राजेश ढुंगाना र बिक्रान्त बस्नेत पनि फिल्ममा मुख्य भूमिकामा थिए । तर, यसको शृंखलामा आरती आचार्य, पुनम गौतम र यान्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । उनीहरूले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेका हुन् । मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा मुख्य नायकमा सञ्जय खतिवडा छन् ।
फिल्ममा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतमलगायतको पनि अभिनय रहनेछ । रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी, हरि उप्रेती र दिनेश सुवेदीको गीत लेखन रहने ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने निर्देशक घिमिरेले बताए ।
‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल फिल्म बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट फिल्म बनाउने प्रयास गर्नेछु,’ घिमिरेले भने । हलिउडले पनि गत साल मात्र ‘चार्लिज एन्जल्स’को रिमेक गरेको थियो । तर, यो फिल्मले राम्रो रिभ्यु पाएको थिएन ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया