नवलपुरमा सहिद परिवारलाई भेटेर काठमाडौँ छिरे विप्लव

काठमाडौँ : विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरेका छन् । सरकारसँग तीन बुँदे सहमति भएपछि काठमाडौँ छिर्न लागेको विप्लवले शुक्रबार बिहान नवलपुरस्थित सहिद फूलमाया सारूको परिवारलाई भेटघाट गरेका हुन् ।
सारुको परिवारलाई भेटेर विप्लव काठमाडौँतर्फ लागेका हुन् । फूलमाया सारूको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारबाहीमा ज्यान गएको थियो ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्दैछन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया