दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै, सांसदको कित्ता क्लियर हुँदै

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दैछ । दाहाल-नेपाल समूहले संसद सचिवालयमा आज दिउँसो १ बजे बैठक बोलाएको हो । संसदीय दलको बैठकमा दाहाल-नेपाल समूहले ओली समूहका सांसदहरूलाई पनि एसएमएस गरेर बैठक सहभागी हुन बोलाएको सांसद विरोध खतिवडाले बताए ।
बहुमत पुर्याउनका लागि दाहाल-नेपाल र केपी शर्मा ओली समूहबीच सांसद तानातानको स्थित छ । केही दिनअघि देखि सांसद किन्नका लागि चलखेल भएको खबर पनि सार्वजनिक भएको थियो । आजको बैठकदेखि को सांसद कुन समूह छन् भन्ने कित्ता क्लियर हुनेछ ।
त्यस्तै ओली समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । यो समूहले पनि दाहाल-नेपाल निकटका सांसदलाई एसएमइसबाट बैठकमा बोलाएको छ । 'ओली समूहले हामीलाई पनि म्यासेजबाट भोलिको बैठककव लागि बोलाएका छन्' सांसद खतिवडाले इकागजसँग भने 'कुन समूहमा कति सांसद हुन्छन् अब क्लियर हुन्छ ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया