भूमिगतपछि विप्लवको पहिलो तस्बिर सार्वजनिक

काठमाडौँ : भूमिगतपछि नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौँ आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।
जनपत्रकार संगठन नेपालका नि.अध्यक्ष प्रकाश डुम्रेका अनुसार विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौँ आउँदैछन् ।
विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्दैछन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।
सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया