सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

ओली र विप्लवले राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।

सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।