जर्मनीमा लकडाउनको समय फेरि थप

बर्लिन : जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।
सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । तर कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ ।
चान्सलर एङजेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टा पछि लकडाउनको समयावधि थप्ने निर्णय भएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको समयावधि थप गर्नु पर्ने निश्कर्षमा सबै जना पुगेको अधिकारीहरूले जनाएका छन् ।
महामारी फैलिने क्रम चलिरहेकाले जनजीवन सामान्य हुन अझै केही समय लाग्ने देखिएको उनीहरूको भनाइ छ । जर्मनीमा कोरोनभाइरसका कारण बिहीबार मात्रै नौ हजार १९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २० लाख ४६ हजार पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका ४१८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७० हजार ८८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया