कन्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

काठमाडौँ : कन्चनपुरमा नेपाल र भारतको सीमामा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको छ । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार एक भारतीय तस्करको मृत्यु भएको हो ।
‘बेलौरी नगरपालिका वडा नम्बर ७ मा यो घटना भएको हो । यो क्षेत्र सीमा पिल्लर ३८ र ४२ को क्षेत्र हो । यो क्षेत्रलाई हामीले धेरै आपराधिक हुने क्षेत्रको रुपमा पहिचान गरेर सोहीअनुसार गस्ती बढाइरहेका हुन्छौँ,’ महतोले इकागजसँग भने, ‘आज पनि हाम्रो प्रहरी गस्तीमा थियो । गस्तीमा रहेको प्रहरीमाथि तस्करहरुले फायर गरे । प्रहरीले जवाफी फायर गर्यो । प्रहरीको गोली लागेर एक जना घाइते भए । तीन जना भागे ।’
प्रजिअ महतोका अनुसार प्रहरीको गोली लागेर घाइते भएका भारतीयलाई उपचारको लागि नेपाल प्रहरीले स्थानीय स्वास्थ्य चौकी लगेका थिए । उनको त्यहीँ मृत्यु भएको उनले बताए । प्रहरीले नक्कली नोट बनाउने मेसिन, कागज, ३० ग्राम ब्राउन सुगर बरामद गरेको प्रजिअ महतोले बताए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया