फ्लोरिडामा ट्रम्प अगाडि, अन्य राज्यमा प्रतिस्पर्धा कडा बन्दै

अमेरिकी राष्ट्रपतीय निर्वाचनको जारी मतगणना अनुसार बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपुर्ण मानिएको राज्य फ्लोरिडामा प्रतिद्वन्द्वी जो बाइडेनलाई पछि पारिरहेका छन् । तर नर्थ क्यारोलिनालगायतका स्विङ राज्यहरुमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
विभिन्न अमेरिकी टेलिभिजन च्यानलहरु तथा एडिसन रिर्सचले गरेको मत सर्वेक्षणले अलाबामा, इन्डियाना, केन्टुकी र टेनेस जस्ता राज्यहरुले ट्रम्पलाई सर्मथन गर्ने देखाएको छ । त्यस्तै, बाइडेनलाई अपेक्षित रुपमा भरमाउन्ट, न्युयोर्क र कनेक्टिकटलगायतका राज्यबाट भारी मत आउने सर्वेक्षणले देखाएको छ ।
तर अमेरिकामा धेरै यस्ता राज्यहरु छन् जसबारेमा अनुमान गर्न सकिएको छैन । त्यस्ता १२ राज्यमा मतगणना सकिँदा कसले बाजी मार्ने हो भन्ने अनुमान गर्न गाह्रो भइरहेको रोयर्टसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । यो समाचार तयार पार्दासम्म फ्लोरिडामा ९३ प्रतिशत मतदान सकिँदा ट्रम्पले ५१.२ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै बाइडेनले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् । फ्लोरिडालाई ट्रम्पले जित्नै पर्ने राज्यका रुपमा हेरिएको छ । ट्रम्पले फ्लोरिडामा दक्षिण अमेरिकी मुलका नागरिकहरुबाट अघिल्लो चुनावमा भन्दा धेरै मत प्राप्त गरेको बताइएको छ । यसअघि, डेमोक्रयाटका स्थानिय प्रतिनिधीहरुले फ्लोरिडामा बाइडेनले दक्षिणी अमेरिकीहरु प्रति ध्यान दिन नसकेको गुनासो गदै आएका थिए ।
यता एडिसनको एक्जिट पोलका अनुसार, बाइडेनले गैर श्वेत नागरिकबाट धेरै मत प्राप्त गरेका छन् । तर ट्रम्पले पनि ति मतदाता बाट २०१६ को चुनावमा भन्दा धेरै मत पाएका छन् । उत्त एक्जिट पोलमा अनुसार, ट्रम्पले ११ प्रतिशत अश्वेत अमेरिकी, ३१ प्रतिशत दक्षिण अमेरिकी र ३० प्रतिशत एसियन मुलका अमेरिकीको मत पप्त गरेका छन् । यो उनले २०१६ यी तीन समुहबाट पाएको मतमा ३ प्रतिशतको बढेतरी हो ।
फ्लोरिडामा ट्रम्पलाई पछि पार्न बाइडेनले धेरै समय र पैसा खर्च गरेका थिए । यस राज्यमा पछि परे पनि बाइडनले २७० इलेक्टोरल मत मध्ये जितका लागि आवश्यक मत अन्य राज्यबाट पनि प्राप्त गर्न सक्नेछन् । बाइडेनले नर्थ क्यारोलिनामा ट्रम्पलाई कडा टक्कर दिएका छन् । त्यहाँ ८६ प्रतिशत मतगणना भइसक्दा दुवै उम्मेदवारले समान ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् ।
त्यस्तै ट्रम्पले जित्नैपर्ने मानिएको ओहायोमा पनि बाइडेनले उत्साहजनक मत पाएका छन् । त्यहाँ ६९ प्रतिशत मतगणना भइसक्दा ट्रम्पले ५०.५ प्रतिशत मत प्राप्त गरेका छन् भने बाइडनलाई ४८.१ प्रतिशत मत खसेको छ । उता टेक्ससमा भने बाइडेनले ट्रम्पलाई झिनो अन्तरले पछी पारेका छन् । बाइडेनले त्यहाँ ४९.६ प्रतिशत मत पाउदा ट्रम्पले ४९ प्रतिशत मत प्राप्त गरेका छन् । (रोयर्टसको सहयोगमा)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया