अफगानी सेनाको हवाइ कारबाहीमा २३ लडाकू मारिए

मैमाना : अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकु विमानद्धारा गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिएका छन् । अफगानी सेनाका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले २३ तालिवानी लडाकु मारिएको जानकारी दिए ।
कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकु घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकु समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया