सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

बाँकी २ वर्ष पनि ओली नेतृत्वकै सरकार हुन्छ : अर्थमन्त्री पौडेल

फाइल तस्बिर

काठमाडौँ  : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दाबी गरेका छन् । बिहीबार  गृह जिल्ला रुपन्देहीमा पत्रकारहरुसँग कुरा गर्दै प्रतिनिधि सभामा अविश्‍वासको प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्ने बताएका हुन् । 

‘म जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन्’ उनले भने । पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल–नेपाल समूह लागिरहेको आरोप लगाए । उनले दाहाल–नेपालको प्रयास निरर्थक पनि बताए । ‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरूको प्रयास निरर्थक हुनेछ’ उनले भने । रासस