गैंडाकोटको हर्कपुरमा दुई दिन ‘फाइनप्रिन्ट फिभर’

काठमाडौं : फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ ।
फाइनप्रिन्ट फिभरमा २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ कार्यक्रममा लेखकले आफ्ना पुस्तकका विषयमा चर्चा परिचर्चा गर्नेछन् भने पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नेछन् । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम पनि हुनेछन् ।
कार्यक्रम अवधिभर विशेष छुटमा पुस्तक प्रदर्शनी रहने आयोजकले जानकारी गराएको छ । ‘यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिस मानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ,’फाइन प्रिन्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रमका कुनै पनि सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन । फाइनप्रिन्टका अनुसार दुई दिन चल्ने फिभरमा ‘एक ज्यान दुई जुनी’का लेखक देवेन्द्रराज पाण्डे, ‘गुमनाम आमाहरू’को कथाका लेखक डा. बाबुराम भट्टराई, ‘जिजीविषा’की लेखक मनीषा कोइराला, ‘देश देशावर’का लेखक जीवा लामिछाने, ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारशिला’का अनुवादक मुराहरि पराजुली, ‘क’ लेखक असीम सागर, ‘कबाल्स एन्ड कार्टेल्स’का लेखक राजीव उपाध्याय, ‘बिटविन क्विन्स एन्ड द सिटिज’का लेखक निरञ्जन कुँवर र ‘रहर’का लेखक सुरेश बडालको सहभागिता रहनेछ । यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन् ।
उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति ‘राजनीतिसँगै राजकाज’ पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ । कार्यक्रम चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा हुनेछ ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया