आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई रिहाइ गरेर वार्ता गरोस्’

फाइल तस्बिर

काठमाडौँ  :  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिबन्धित विप्लव समूह र सरकारबीच भएको सम्झौताको स्वागत गरेका छन् । उनले विप्लवसँग सम्झौतालाई स्वागत गर्दै सरकारले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई रिहाइ गरेर वार्ता गर्नुपर्ने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ ! यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्‍बोधन गरोस् ।’

उनले संक्रमणकालका समस्याहरू राजनीतिक ढंगले मात्रै हल हुने पनि बताएका छन् । ‘संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ !’  उनले लेखेका छन् ।