राप्रपा रसुवा अध्यक्ष तामाङसहित दर्जनौँ काग्रेसमा प्रवेश, सभापति देउवाद्वारा स्वागत

काठमाडौँ : राप्रपा रसुवाका अध्यक्ष डिले तामाङसहित दर्जनौँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रसुवाबाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सक्रियतामा प्रवेश गरेकालाई काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।
राप्रपा रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेकपा रसुवा जिल्ला कार्यसमिति सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङलगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यस्तै दावा तेन्जेङ लामा, पेम्बा धार्के मेघी, पेम्बा छेदेन तामाङ, यब्दी तामाङ, नेमा छिरिङ थोक्रा, सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङलगायत प्रवेश गरेका प्रतिनिधि सभा सदस्य आचार्यले जानकारी दिए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया