नेकपालाई पुनः एकीकृत गर्ने 'वामदेवको जुक्ति'

काठमाडौँ : नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल र ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्धगरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोभिड-१९ विरुद्धको खोप लगाउन निजामति अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दाहाल–नेपाल र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्धगरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।
एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । नेकपाका अध्यक्षद्वय दाहाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए । उनले भने, ‘धेरै ठाउँमा उहाँहरूले बोलेको सुन्दाखेरी एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भएको छैन । मेरो प्रयत्न के छ भने केपी ओलीतिरका दोस्रो तहका र प्रचण्डतिर रहेका दोस्रो तहकाका कमरेडहरूलाई एकताबद्ध गरेर तलबाट ठूलो पंक्ति तयार गर्ने । जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान हामीले चलाउँदै छौँ ।'
चारैतिरबाट दुवै नेतालाई घेराबन्दी गर्न सकिए पुन एकता हुनसक्निे उनको आँकलन छ । 'चारैतिरबाट यी दुई नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला, उनले अगाडि भने, 'पहिलो केपी र प्रचण्डबीचकै एकतालाई हो हामीले मान्ने । अरुले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुईटालाई एकताबद्ध गरेपछि फेरि पार्टी एकताबद्ध हुन्छ । तर उहाँहरूलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरूको वरिपरि बसेकाहरूलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेका नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलनका शुभचिन्तक, समर्थन गर्ने शक्तिलाई घेराबन्दी गरेर एकताबद्ध गराउने पक्षमा छु ।’
उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने पनि उनको भनाइ छ ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया