सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

आफ्नै नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : सहमहामन्त्री महत

फाइल तस्बिर

काठमाडौँ  : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कुनै दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आए कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका छन् । आज काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रतिनिधि सभा बैठक सञ्‍चालन भएपछि कांग्रेसले आफ्नो धारणा बनाउने र सरकारमा जानु परे आफ्नै नेतृत्वमा जाने बताएका हुन् ।

‘हाम्रो उपस्थितिविना सरकार बन्‍न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ’ उनले भने ।  नेकपा विधिवत् रुपमा एक भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको महतको भनाइ छ । उनले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो ।  सहमतिमा के कुरा छन् भन्‍ने चाहिँ हामीलाई थाहा छैन’ उनले भने ।