सरकार-विप्लव समूहको वार्तापछि कुमारकी दिदीले भनिन्- घोर अन्याय भयो
काठमाडौँ : प्रहरी 'इन्काउन्टर'मा मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलकी दिदीले सरकार र विप्लव समूहबीच वार्ता चलिरहँदा असन्तुष्टि जनाएकी छन् । बुधबार सरकार-विप्लव समूहबीच वार्ता चलिरहँदा कुमारकी दिदी लक्ष्मी पौडेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।
लक्ष्मीले कुमारमाथि घोर अन्याय भएको पनि उल्लेख गरेकी छन् । 'आज वार्ताको टेबुलमा बस्दा तिम्रो न्यायका लागि कुनै शर्त त्यहाँ राखिएको छैन् 'लक्ष्मीले लेखेकी छन् 'तिम्रा सुकुम्बासी जनताका जायज माग पनि राखिएका छैनन् । थियो भने कतै तिम्रो नाम देखिन्थ्यो ।’
लक्ष्मीले एकमुठी प्राण रहेसम्म कुमारको न्याय र सपनाको लागि लड्ने उल्लेख गरेकी छन् । त्यसका लागि कुमार जसरी मर्नु परे पनि पछि नहट्ने उनले लेखेकी छन् । 'तिम्रो न्यायमाथि घात भयो भने घात गर्नेहरूसँग लड्ने साहस पनि राख्न सक्ने आँट छ हामीसँग' उनले लेखेकी छन् 'पैसा र पावर मात्र ठूलो कुरा होइन याद रहोस् ।'
'हाम्रो एक थोपा रगत र एक मुठी प्राण भएसम्म तिम्रो न्याय र तिम्रो अधुरो सपना पूरा गर्न अठोट लिएर हिँडिरहेछौँ । फेरि तिमीजस्तै मर्नु परे पनि हामी पछि हट्ने छैनौं’ उनले लेखेकी छन् ।
उनले अगाडि लेखेकी छन् ‘सर्वहारा सकुम्बासीको प्रिय नेता मेरो भाइ कुमार तिम्रो अदम्य साहसलाई मेरो सलाम । तिमीले न झुक्न जान्यौ, नत बिक्न जान्यौ, जान्यौ त केवल इमानदार हुन जान्यौ । तिम्रो इमान्दारिता तिम्रो पार्टीभित्रका केही व्यक्तिलाई अपाच्य भयो । तिम्रो मृत्यु हुनु ८/९ महिनादेखि तिमिप्रति तिम्रा सहकर्मीले गरेको व्यवहार मैले नजिकबाट हेर्ने बुझ्ने मौका पाएको थिएँ र तिमिलाई बारम्बार सचेत पनि गराउँदै थिएँ । तिमि इमान्दार भएर काम गर्ने तर तिमिलाई सिध्याउने नै योजना रहेछ । त्यो कुरामा हामी परिवार अनविज्ञ थियौँ र त तिमिलाई बचाउन सकेनौँ ।'
आज बिहान मात्रै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।
सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया