अपरिचित व्यक्तिले विद्यालयलाई तीन करोड दिएर हिँडेपछि...
जापान : जापानमा एक अपरिचित व्यक्तिले विद्यालयलाई तीन हजार मान दान दिएका छन् । करिब ७० वर्षीय ती व्यक्तिले आफ्नो परिचय लुकाएर नाराका तीन विद्यालयलाई नारा सिटि साइबी इलिमेन्टरी स्कूल, कासुगा जुनियर हाइस्कूल र इचिजो हाइस्कूललाई एक/एक हजार मानका दरले तीन हजार मान दान गरेका हुन् । उक्त रकम तीन करोड नेपाली रुपैयाँ भन्दा बढी हुन्छ ।
उनले फेब्रुअरी २४ तारिक दिउँसो विद्यालयमा पुगेर सेतो प्लास्टिकमा रहेको पैसा कर्मचारीलाई हातमा दिँदै ‘विद्यालयका विद्यार्थीका लागि प्रयोग गर्नु’ भनेर फर्केका थिए । कर्मचारीले उनके पिछा गर्न खोजे पनि भेट्टाउन सकेनन् । विद्यालय प्रशासनले भने विद्यालयमै आएर रकम दिएकोले उनले विद्यार्थीको लागी सहयोग गर्न चाहेको यस्तो राम्रो विचार भएका मान्छेलाई चिन्न पाए हुन्थ्यो भन्ने लागेको जापानी सञ्चार माध्यमले जनाएका छन् । उनले दिएको सो रकम अहिले नाराको बोर्ड एजुकेशनले राखेको छ ।
गत वर्ष नारा भन्ने ठाउँमै कोरोना रोकथामको लागि भन्दै अपरिचित व्यक्तिले सरकारी वडा कार्यालयका कर्मचारीलाई तीन हजार मान रकम हातमा दिएका थिए । उस्तै उमेर र नारा नै ठाउँमा भएकोले एउटै व्यक्ति पनि हुन सक्ने पनि धेरैले अनुमान गरेका छन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया