शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

दोभान बजारको आगलागीमा ४० करोड रुपैयाँ बराबरको क्षति

प्रतिकात्‍मक तस्‍वीर

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ । यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए । उनकाअनुसार राहत सामग्री आगलागी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ । रासस
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…