शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम (पूर्व) : रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । 

पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो । 

कार्यालयले क्षेत्रगत आधारमा दुई जातको ओखरको बिरुवा ल्याएको कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिए । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको डा चौवेले बताए । उनकाअनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्याङ्क्विट जातको भाले बिरुवा ल्याइएको छ ।   

अहिले ल्याइएका यिनै बिरुवाले आठ/दश वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्नेछन् । त्यसो भएमा बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयले जनाएको छ । कृषकको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने डा चौवेले बताए । उनका अनुसार टर्कीबाट बिरुवा खरिद गर्दा प्रतिबिरुवा रु ४५० पर्न गएको छ । कृषकले भने ५० प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २२५ तिर्नुपर्ने छ ।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ बाहेक ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका कृषकलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । हाल जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयको ओखर जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम सञ्चालन भइरहेको छ ।  

ओखरका लागि रुकुम (पूर्व) उपयुक्त ठाउँ भए पनि सिँचाइ अभाव रहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा चौवेले बताए। यस जिल्लामा ओखर खेतीको राम्रो सम्भावना भएकाले केही वर्षपछि यिनै बिरुवा हुर्किए भने ओखरखेतीबाट यहाँका नागरिकले मनग्य लाभ लिन सक्ने उनको भनाइ छ ।  

जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट सात/आठ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो । परीक्षण सफल भएपछि गत वर्ष टर्कीबाटै तीन हजार ८०० बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो । यस कार्यालयबाट मात्रै २९/३० हजारको हारहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ भने स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि कृषकलाई अनुदानमा दाँते ओखरको बिरुवा वितरण गर्दै आएका छन् । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…