बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

अमेरिकी चुनाव २०२० : बाइडन अघिअघि, ट्रम्प पछिपछि

अमेरिकामा मतदान सकेर नतिजा आउने क्रम शुरु भएको छ । अमेरिकी चुनावमा बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा छ ।

बुधबार बिहान ८:१५ बजेसम्म ५३८ इलोकट्रोरल कलेजमध्ये  डेमोक्र्याटिक उम्मेदवार बाइडन १३१ स्थानमा अघि देखिएका छन् । त्यस्तै ट्रम्प ९२ स्थानमा अगाडी रहेका छन् ।

रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् । इन्डियानामा ट्रम्पले चार वर्षअघि हिलरी क्लिन्टनलाई हराएका थिए ।

फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ । सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ ।

कोभिड-१९ को बीचमा यसपटक मत पनि अहिलेसम्मकै धेरै खसेकाले यसै भन्न सक्ने अवस्था छैन् । सर्वेक्षणले वाइडन अघि छन् ।

उथलपुथलयुक्त वर्षको अन्त्यतिर राष्ट्रपतीय चुनाव भएकाले नतिजालाई ट्रम्पले ह्वाइट हाउसबाट नियालिरहेका छन् भने बाइडनले आफ्नो निवासबाट हेरिरहेका छन् ।