ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना : दुईको मृत्यु

झापा : झापाको कनकाई नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् ।
को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बुधबार दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान-१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ-१ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी-२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् ।
घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया