आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

निजी कलेजलाई एमबीबीएसको सम्बन्धन दिइएको भन्दै १० पूर्वउपकुलपतिहरूले जनाए आपत्ति

काठमाडौँ : १० जना पूर्वउपकुलपतिहरुले विश्वविद्यालयले नयाँ निजी कलेजलाई एमबीबीएस सम्बन्धन दिने निर्णय गरेको भन्दै विज्ञप्ती जारी गरेर आपत्ति जनाएका छन् ।  पूर्व उपकुलपति महेशकुमार उपाध्याय, तोरणबहादुर कार्की, केदारभक्त माथेमा, कैलाशनाथ प्याकुरेल, सुरेशराज शर्मा, खगेन्द्र भट्टराई, कमलकृष्ण जोशी, हिराबहादुर महर्जन, नविनजंग शाह र नरेशमान बज्राचार्यले बुधबार संयुक्त विज्ञप्ती जारी गरेर आपत्ति जनाएका हुन् ।

 उनीहरुले प्रधानमन्त्री ओलीले झापामा भएको कार्यक्रममा एक अस्पताललाई शिक्षण अस्पताल बनाउने आश्वासन दिएको भन्दै आपत्ति जनाएका छन् ।