यातायात कार्यालय धनुषाबाट १५ विचौलिया पक्राउ

जनकपुरधाम : प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट १५ जना विचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो काम गराइदिने भन्दै सर्वसाधारणसँग मोटो रकम लिने विचौलियाहरूलाई कार्यालयभित्र र बाहिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्रकुमार यादव, अरीफ राइन, भवीद्द्न साह, संजय साह, उमेशकुमार महतो, ध्रमेन्द्रकुमार यादवलगायत १५ विचौलिया पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
पक्राउ परेकाहररुविरुद्ध अनुसन्धान भइरहेको र दोषी देखिएमा कारबाही गरिने प्रवक्ता मिश्रले बताए ।
विचौलियाका कारण कार्यालयभित्र भ्रष्टाचार र विकृति मौलाएको कारण काम गराउन समस्या भइरहेको भन्ने सेवाग्राहीबाट गुनासो आएपछि अनुगमनका क्रममा विचौलियालाई पक्राउ गरिएको प्रवक्ता मिश्रले बताए ।
पछिल्लो महिना यातायात कार्यालयबाट एक कार्यालय सहयोगी र एक विचौलियालाई घूस रकमसहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया