प्रदेश-१ सरकार अविश्वासको प्रस्तावबाट भाग्यो : कांग्रेस

विराटनगर : नेपाली कांग्रेस प्रदेश संसदीय दलले अविश्वासको प्रस्तावबाट नभाग्न सरकारलाई आग्रह गरेको छ । प्रदेश सभा सचिवालयले बिहीबारका लागि तोकिएको प्रदेश सभा बैठक बुधबार सूचना टाँसेर स्थगन गरेपछि कांग्रेसले विरोध जनाएको हो ।
प्रदेश सभा सचिवालयले फागुन २० गते बोलाएको बैठक चैत्र २ गतेसम्म सारेको सूचना बुधबार निकालेपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो । पत्रकार सम्मेलनमा प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारलाई अविश्वासको प्रस्तावबाट नभाग्न आग्रह गरे ।
‘हाम्रो सरकार कहिले सदन स्थगन गरौं भनेर सभामुखलाई पत्र नै काट्छ ? मन्त्री नै सदनबाट भाग्नुहुन्छ ? कहिले सूचना टाँसेर आयु बढाइरहनु भएको छ,’ कार्कीले भने, ‘सदन भनेको जनताको थलो हो । यसलाई कसैको सेटिङमा बन्दक बनाउनु हुदैन ।’ देशमा राजनितिक अन्यौलता बढेसँगै सरकार भ्रष्टाचारमा लिप्त भएको कार्कीले आरोप लगाए ।
गएको पुस १२ मा सत्तारुढ दल नेकपा (दाहाल-नेपाल समूह)का ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । माघ ७ मा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । पहिलो दिन सभा तीन मिनेट बसेर स्थगन भएको थियो ।
फागुन ९ गते बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सदनमा टेबल भएको थियो । वैठकमा सरकारका मन्त्री तथा ओली पक्षका सांसदहरू उपस्थित भएनन् । अविश्वासको प्रस्ताव टेबल भएपछि बैठक फागुन २० गतेसम्म स्थगन भएको थियो ।
दाहाल-नेपाल समूह र कांग्रेसले सदनमा टेबल भएको अविश्वासको प्रस्ताव छिटो छिनोफानो गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रदेश-१ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया