सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ वर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
अपरान्ह करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ क १६८४ नम्बको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १ –०१३ –प १७८३ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाईकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् । घाइते मध्ये मोटरसाईकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका १६ का दिलिप क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया