कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ ः अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो ।
सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ । कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । ती मध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो ।
सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् । रासस

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया