सरकार र विप्लव नेकपाबीच दोस्रो चरणको वार्ता, दुवै पक्ष समान धारणा नजिक
काठमाडौं : सरकार र नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने उनको अपेक्षा छ ।
दुवै पक्षबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामहादुर थापा र डा. भट्टराई छन् भने विप्लवको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित दुई जना छन् ।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया