मोबाइल र इन्टरनेट बैंकिङमा दैनिक कारोबारको सीमा दोब्बरले बढ्यो
काठमाडौं : नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबारको सीमा दोब्बरले बढाएको छ । मोबाइल बैंकिङमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने केन्द्रिय बैंकले व्यवस्था गरेको छ । ईन्टरनेट बैंकिङमार्फत कारोबार सीमा दैनिक २० लाख रुपैयाँ पुर्याएको छ ।
यसअघि मोबाइल बैंकिङमार्फत १ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइन्थ्यो । ईन्टरनेट बैंकिङमार्फत १० लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न मिल्ने राष्ट्र बैंकको निर्देशन थियो । कोभिड-१९ को कारण भुक्तानीको अधिकतम सीमा घटाइएको थियो ।
कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट उहीँ व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न सक्नेछन् ।सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्क भुक्तानी गर्न समेत यो व्यवस्था लागू हुन्छ ।
विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न र शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बील बमोजिमको रकम भुक्तानी गर्न पाइने उल्लेख छ ।
धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पाइन्छ । मासिक कारोबारमा मोबाइल बैंकिङका लागि १० लाख कायमै छ । इन्टरनेट बैंकिङका लागि ५० लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया