आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

आलमलाई छुटाउन कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ : देउवा (भिडियोसहित)

फाइल तस्‍वीर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन कानुन व्‍यवयीसँग छलफल गरिरहेको बताएका छन् । कांग्रेस रौतहट सभापति कृष्णप्रसाद यादवकाअनुसार रौतहटको गढीमाई नगरपालिका–६ सिंगारमनमा विष्णु महायज्ञको उद्घाटन कार्यक्रममा उनले आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका हुन् ।

‘आलमलाई प्रक्रियाबाटै छुटाउन हामी प्रयासरत छौं,’ देउवालाई उदृत गर्दै यादवले भने, ‘त्यसका लागि कानुन व्यवसायीसँग छलफल गरिरहेका छौं ।’ इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा पूर्वसांसद आलम अहिले कारागारमा छन् ।

भिडियो