अमेरिकाले एसियामा कोभिड भ्याक्सिन वितरण गर्ने

काठमाडौँ : एसियाली मुलुकहरूमा कोभिड-१९ भ्याक्सिन वितरणमा अमेरिकाले जापान, भारत र अस्ट्रेलियासँग सहकार्य गर्ने भएको छ । एसियामा चीनको बढ्दो प्रभावलाई नियन्त्रणमा लिन भ्याक्सिन डिप्लोमेसीको सहारा लिने र त्यसका लागी एसियाली शक्तिहरूको सहयोग माग्ने योजना अमेरिकाले बनाएको हो ।
बेलाती अखबार दि फानान्सियल टाइम्सका अनुसार अमेरिकाले क्वाडको समेत सदस्य रहेका तीन मुलुकसँग भ्याक्सिन वितरणका लागि आवश्यक रोडम्याप तयार गर्न कुराकानी अघि बढाइसकेको छ । एसियामा बढ्दो चिनियाँ प्रभाव रोक्न अनेक उपाय अबलम्बन गरिरहेको अमेरिकाले त्यस क्षेत्रमा भ्याक्सिन वितरण गर्न लागेको बताइएको छ ।
केही महिनाअघि मात्रै ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति जो बाइडनले चिनियाँ आक्रमकता रोक्न एसियामा रहेका ‘पार्टनर’ तथा ‘अलाइ’ को सहयोग लिने बताउँदै आएका छन् । जसमा क्वाड समूहको अधिकतम उपयोग गरिने अपेक्षा गरिएको छ । क्वाड अमेरिकाको अलावा, जापान, अस्ट्रेलिया र भारत सम्मिलत समूह हो ।
क्वाड सदस्यहरूसँग मिलेर भ्याक्सिन वितरण गर्न अमेरिकाको ‘इन्डो प्यासिफिक’ रणनीति संयोजक कर्ट क्याम्पबेलले क्वाड सदस्य मुलुकहरूका राजदुतसँग कयौँ पटक कुराकानी गरिसकेको फाइनान्सियल टाइम्सको दाबी छ ।
हाल कोभिड भ्याक्सिन वितरणमा सहकार्य गर्ने योजना बने पनि दिर्घकालिन रुपमा अन्य प्रकारको महामारी, मौसम परिवर्तन, साइबर सुरक्षा लगायतका महत्वपूर्ण विषयमा पनि सँगै अघि बढ्ने योजना बनिरहेको बताइएको छ । चिनियाँले एसियाली नाटो भनेर आलोचना गरिरहेको क्वाडलाई डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेर आएपछि सक्रिय बनाइएको हो । जसलाई अहिलेका राष्ट्रपति बाइडनले आफ्नो एसिया नीतिको मुख्य हिस्सा बनाउने बताएका छन् ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया