सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री तथा सरकारद्वारा गठित वार्ता समितिका संयोजक रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको पहिलो दिनको औपचारिक वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । पहिलो दिनको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको उनले जानकारी दिए । छिट्टै नै सुखद परिणाम आउने उनको अपेक्षा छ ।

‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ ।  छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

मेरो नेतृत्वमा रहेकाे नेपाल सरकारकाे वार्ता टाेली र विप्लव नेतृत्वकाे नेकपाकाे प्रकाण्डको नेतृत्वमा रहेकाे वार्ता...

Posted by रामबहादुर थापा ‘बादल’ on Wednesday, March 3, 2021