तपसी पन्नुसहित चार बलिउड कलाकारको घरमा राजस्वको छापा

मुम्बई : बुधबार चार बलिउड कलाकारको घरमा भारतको आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता तथा निर्देशक अनुराग काश्यप, निर्देशक विकास बहल, निर्माता मधु मन्टेना र अभिनेत्री तपशी पन्नुको घरमा अनुसन्धान गरेको हो ।
काश्यपको फ्यान्टम फिल्म्ससँग जोडिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरूमाथि कर छली गरेको आरोप छ ।
फ्यान्टम फिल्म्सको स्थापना स्थापना अनुराग काश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले मिलेर गरेका थिए । सन् २०१८ मा विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि कम्पनी बन्द भएको थियो । त्यसपछि चार साझेदारहरू अलग्गिएका थिए ।
I-T raids on film personalities including #AnuragKashyap, #TapseePannu, Vikas Bahl. pic.twitter.com/df1JUEHrKO
— IANS Tweets (@ians_india) March 3, 2021
मुम्बईमा नायिका तापसी पन्नू, डाइरेक्टर अनुराग काश्यपको घर समेत गरि २२ स्थानमा इनकम ट्याक्समा छापा मारिरहेको छ । यसबाहेक आयकर विभागको टिमले पुणेमा पनि केही स्थानमा जाँच गरिरहेको छ । आयकर विभागको निशानामा अहिले चार कम्पनी छन् । -एजेन्सी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया