आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

आफ्ना सांसदलाई काठमाडौँ नछाड्न कांग्रेसको निर्देशन

फाइल तस्बिर

काठमाडौँ  :  नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले यस्तो निर्देशन दिएको हो ।  

‘शुक्रबार दलको बैठक छ त्यसको लागि अनिवार्य उपस्थित हुनको लागि सांसदहरुलाई सर्कुलर गरिएको हो,’ कांग्रेसकी सचेतक पुष्पा भुसालले भनिन् ।  संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभामा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा शुक्रबार छलफल हुने भुसालको भनाइ छ ।  

केही दिन अघि नेकपाको दाहाल–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् । सांसद् ६३ भएपनि पार्टीका उपसभापति विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनमा परेपछि अहिले संसदमा उपस्थित हुनेको संख्या ६१ मात्रै छ ।