‘आन्द्रेइ पिर्लोलाई युभेन्टसमा पूर्ण समर्थन छ’

काठमाडौँ : पछिल्ला नौ सिजन लगातार सिरी ए उपाधि जितेको युभेन्टस जारी सिजन भने अंक तालिकाको तेस्रो स्थानमा सिमित छ । इन्टर मिलान लिग उपाधि दौडमा अगाडि रहँदा आन्द्रेइ पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टस भने फितलो देखिएको हो ।
तत्कालिन प्रशिक्षक माउरिजियो सारीलाई बर्खास्त गरेपछि क्लबका पूर्व खेलाडी पिर्लोलाई युभेन्टसको जिम्मेवारी दिइएको थियो । तर अंक तालिकामा इन्टर र एसी मिलानले शीर्ष दुई स्थानमाथि कब्जा जमाउँदा पिर्लोको आलोचना भइरहेको छ ।
तर युभेन्टसका ‘चिफ फुटबल अफिसर’ फाबियो पाराटिसीले भने पिर्लोको समर्थनमा अभिब्यक्ति दिएका छन् । टुरिन क्लबका लागि पिर्लो सही प्रशिक्षक भएको भन्दै पाराटिसीले आफूहरू इटाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डरको समर्थनमा रहेको बताएका छन् ।
‘आन्द्रेइ दबाबमा छन् । तर उनी दबाबमा पनि रमाइरहेका छन् । उनले युभेन्टसमा नयाँ खेल शैलीलाई स्थापित गर्न खोजिरहेका छन् । र त्यसमा हाम्रो पूर्ण समर्थन छ,’ पाराटिसीले भने, ‘हामी सिरी ए यात्राको नयाँ चरणमा छौँ । त्यसका लागि आन्द्रेइ नै हाम्रो छनौट हुन् ।’
लिगमा मंगलबार स्पेजियालाई हराएको युभेन्टस त्यसअघि भेरोनासँग बराबरीमा रोकिएको थियो । लिगमा सात खेलमा बराबरी खेलेको युभेन्टस लिग लिडर युभेन्टस भन्दा सात अंकले पछि परिसकेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया