सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

तस्बिर रामप्रसाद सापकोटाको फेसबुकबाट ।

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज दिउँसो १ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बसेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल-नेपाल समूहको माग छ । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो । 

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।