जनकपुर साहित्य महोत्सवमा दलित शून्य - भोला पासवान
ढकाल र शर्माले लिए सहभागिता फिर्ता

काठमाडौँ : जनकपुर साहित्य महोत्सव विवादमा परेको छ । बुधबारदेखि जनकपुरमा हुने महोत्सव सुरु नहुँदै विवादमा परेको हो । साहित्य महोत्सवका अधिकांश प्यानलमा पुरुषलाई मात्रै वक्ता बनाएपछि सामाजिक सञ्जालमा आयोजकको आलोचना भएको थियो ।
सबै वक्तालाई काठमाडौँबाटै लिएर बहस गर्न लागेको अर्को आरोप छ । साहित्य महोत्सवमा दलित समूदायको सहभागिता पनि शून्य छ । मुख्य मुख्य बहसमा पुरुषलाई मात्रै वक्ता राखिएपछि विवाद सुरु भएको हो । पत्रकार महिला, लेखक, अभियान्ताहरुले आयोजक र असमावेशी प्यानलमा सहभागि हुने वक्ताहरुको समेत आलोचना गरेपछि साहित्य महोत्सव विवादमा परेको हो ।
सामाजिक सञ्जालमा जनकपुर साहित्य महोत्सव नभई जनकपुर पुरुष महोत्सव भएको टिप्पणी गरिरहेका छन् । ट्वीटरमा सम्पदा रिजालले महोत्सवबारे टिप्पणी गर्दै भनेकी छिन् ‘लोकतन्त्रको अनुहार’ । साहित्यकार बुद्धिसागर, कवि विप्लव प्रतीक, पत्रकार लेनिन बन्जाडे र रामनारायण ठाकुर प्यानिलिस्ट रहेको साहित्य र व्यंग्य विनोद शीर्षकको प्यानल भएको महोत्सवले बनाएको फोटो शेयर गर्दै उनले थप अगाडि लेखेकी छिन् , ‘उहाँहरु सबै ‘सबै किसिमका प्रतिगमन’को विरुद्धमा हुनुहुन्छ ।’
उनको ट्वीटमा धेरैले प्रतिक्रिया दिएका छन् । बबिता राईले ट्वीटरमा भनेकी छिन्, ‘महिलाको विषय भए पो महिला वक्ता । दलितको विषय भए पो दलित वक्ता । जनजातिको विषय भए पो जनजाति वक्ता । मधेसीको विषय भए पो मधेसी वक्ता चाहिने हो । त्यसमा पनि फेरि पहिलो पालो त पुरुषकै आउन परिहाल्छ। त्यसबाहेकका जम्मै विषय एक हुल काठमाण्डौँ बस्ने उच्च जातीय पुरुष बौद्धिकहरुको हो ।’
यति धेरै असमावेशी प्यानल बनाएपछि महोत्सवमा सहभागि वक्तामाथि प्रश्न उठेको छ । ट्वीटरमा रमेश अधिकारीले लेखेका छन्, ‘काठमाण्डौँमा समावेशिताको उपदेश दिनेजति सप्पै पुरुष वक्ताले यस्तो बिद्रुप र असमावेशी प्यानलमा आदर्श छाँट्न म आउँदिन भन्ने हिम्मत गर्न पर्ने भयो । लौ हेरम ।’
चर्को आलोचना भएपछि राजनीतिशास्त्री हरि शर्मा र पत्रकार अमीत ढकालले महोत्सवमा सहभागि नहुने भन्दै नाम समेत फिर्ता लिएका छन् । ट्वीटरमै बहस हुन थालेपछि लेखक शर्मा र पत्रकार ढकालले नाम फिर्ता लिएका हुन् । उनीहरुले यस्ता असमावेशी प्यानलमा सहभागि नहुने र आगामी दिनमा यस्ता कार्यक्रममा सहभागि हुँदा सोचविचार गर्ने लेखक शर्माले ट्वीटरमा लेखेका छन् ।
दलित समुदायको प्रतिनिधित्व शून्य
जनकपुर साहित्य महोत्सवमा महिलाको सहभागिता न्युन भएपनि दलित समुदायको प्रतिनिधित्व भने शून्य छ । दर्जन बढी प्यानल राखिएको साहित्य महोत्सवमा एक जना पनि दलित समुदाय नहुँदा दलित समूदायका अभियान्ताले असहमति प्रकट गरेका छन् ।
जबकी प्रदेश २ मा दलित समुदायको जनसंख्या धेरै छ । जो अशिक्षा र गरीबीले सधै पछाडि पारिएका छन् । विभेदले थिचिएको, गरीबीले पिल्सिएको प्रदेशमा बहस गर्दा दलित समूदायको प्रतिनिधित्व नहुनु दुःखद भएको पत्रकार तथा अनुसन्धानकर्ता भोला पासवानले बताए ।
‘प्रदेश २ गरीबी, अशिक्षा र विभेदले पिल्सिएको प्रदेश हो । त्यही प्रदेश बहसमुलक साहित्यिक महोत्सव चलाउँदा दलित समूदायको प्रतिनिधित्व शून्य छ’ महोत्सवबारे पासवानको धारणा छ, ‘यस्ता असमावेशी महोत्सवमा दर्शक स्रोता मात्रै भएर जान सकिदैन ।’ मधेसमा व्याप्त विभेद, अशिक्षा, असमावेशी र जातीय अतिवाद जनकपुर साहित्य महोत्सवमा छनौट गरिएका वक्ताहरुमा पनि देखिएको उनले बताए ।
यो साहित्य महोत्सवमा प्रदेश २ सरकारले नै आर्थिक स्रोत व्यवस्थापन गरेको छ । सबैजसो सरकारी बजेटमै साहित्य कार्यक्रम गर्न लागिदा समावेशी नबनाइएको, दलितको सहभागिता शून्य गराइएको छ । यसबाट पनि जनकपुर साहित्य महोत्सव विवादको भूमरीमा परेको छ ।
‘साहित्य महोत्सवमा सबैजसो सरकारी बजेट नै प्रयोग गरिएको छ’ पासवनले थप अगाडि भने, ‘यस्तोमा जवाफदेही हुनुपर्ने बेला, सबै समुदायको सहभागिता देखाउनुपर्ने बेला दलितको प्रतिनिधित्व शून्य गरिएको छ । यो झन् ठूलो विभेद र बहिष्करण हो ।’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया