सांसदहरूले लगाए कोभिड-१९ विरुद्धको खोप(फोटो फिचर)
सभामुख सापकोटा भन्छन्, सबैले निर्धक्क भएर लगाए हुन्छ

काठमाडौँ : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पतालमा उनीहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन थालिएको हो ।
पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत सांसदहरूले कोभिड–१९विरुद्धको खोप लगाएका छन् । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई खोप लगाउने कार्यक्रम छ ।
खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उनले विश्वास व्यक्त गरे । उनले भने, ‘मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर खोप लगाइसकेपछि अहिले सहज महसुस भएको छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको खोप भएकोले निर्धक्क भएर सबैले लगाए हुन्छ ।’

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_oJAZuoCouk_kpwfubbsnueyckvgxagdw2zezqes2tmf6mazykhy8wk5ssguglvadjreaabe.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया