आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

नेपाल-चीन सीमाबारे सत्यतथ्य सार्वजनिक गरियोस् - रावल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले नेपाल-चीन सीमा विवादको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् । सोमबार रावलले ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

'हुम्लाको नाम्खा गाउँपालिका लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्' रावलले ट्वीट गरेका छन् 'देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।'

त्यसो त सरकारले यसअघि नै नेपाल-चीनबीच सीमाबारे कुनै विवाद नरहेको जानकारी गराएको थियो।