अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त

अबुजा : नाइजेरियामा शुक्रबार एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ । जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भने, “सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मंगलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ ।”
विद्यार्थीहरूको रिहाइका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ । गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलार्ई अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ । छिट्टै उनीहरूलाई आ-आफ्ना अविभावकको जिम्मा लगाइने उनले बताए ।
यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए । गभर्नरले उनीहरूको रिहाईका लागि कुनै फिरौती नतिरिएको बताए । (रासस)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया