‘बी’ डिभिजन लिग : बाँसबारी र मध्यपुर युथ एसोसिएसन विजयी

काठमाडौँ : ‘बी’ डिभिजन लिग फुटबलमा मंगलबार बाँसबारी र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । निशान सुनारको गोलको मद्दतमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकाल्दा अर्को खेलमा मध्यपुर युथ एसोसियनले कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा बाँसरबरीले पुल्चोक स्पोर्ट्स क्लबमाथि २-० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले कुमारी क्लबलाई २-१ ले हराएको हो ।
जारी लिगमा छैटौं जित निकाल्दा बासँबारीका निशानले दोस्रो हाफमा दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलेको बाँसबारीले दोस्रो हाफमा भने दबाब दिन सफल भएको थियो । ४७औं मिनेटमा निशानले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६९ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरेका थिए ।
मंगलबारको जितसँगै बाँसबारीले ८ खेलबाट १८ अंक बनाएको छ । ६ खेलमा स्पष्ट जित निकालेको बाँसबारी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै समान ८ खेल खेलको पुल्चोकको मात्र २ अंक छ । पुल्चोक तालिकाको पुछारमा छ ।
लिगअन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले कुमारी क्लबलाई २-१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुवै टोलीले पहिलो हाफ आक्रामक खेलेका थिए । ४० औं मिनेटमा आशिषले राईले गोल गर्दै कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर कुमारीको अग्रता धेरै समय टिकेन । त्यसको पाँच मिनेटमा मध्यपुरका कैलाश खत्रीले गोल गर्दै खेल बराबरी ल्याए ।
पहिलो हाफ बराबरी सकिएको खेलमा ४८ औं मिनेटमा धिरजले श्रेष्ठले गोल गर्दै मध्यपुरको अग्रता उल्टाए । बाँकी सयमा कुमारी क्लब खेलमा फर्किन निकै संघर्ष गरे पनि मिलेका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा अंक सुम्पिन बाध्य बन्यो ।
जितसँगै मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ । मध्यपुर तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान ८ खेल खेलेको कुमारीको पनि ७ नै छ । कुमारी आठौं स्थानमा रहेको छ ।
लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल नयाँ वस्ती युवा क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेल खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच एन्फा मुख्यालयको मैदानमा हुनेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया