मन्त्री श्रेष्ठको निर्देशन- संसद भवनलाई चिटिक्क बनाउनू

काठमाडौं : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । संसद भवनको सरसफाई र शौन्दर्यतामा कुनै कन्जुस्याइ नगर्न उनले निर्देशन दिएका हुन् ।
शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिएका छन् ।
मन्त्रालय अन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न निर्देशन दिए ।
‘माननीय सांसदज्युहरु बस्ने कुर्सीको अवस्था कस्तो छ ? बगैचामा फूल फुलेका छन् कि छैनन ? हेर्नुस् नभए सिजन अनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन त्यसलाई तुरुन्त हरियाली बनाउनुस’, निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले भने ।
उनले सांसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका छन् । सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मत सम्हार गरी भवनलाई साच्चिकै संसद भवनको रुपमा पहिचान गराउनुपर्ने बताए ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया